नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री « Arthapath.com
१७ फाल्गुन २०७७, सोमबार

नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको छ । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको् २५ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुल्ल गरेको हो ।

उक्त शेयरमा पफागुन २७ गतेदेखि २३ गतेसम्म बोलपत्र पेश गर्न सकिने कम्पनिले जनाएको छ । न्यूनतम ४ सय ९२ मुल्य पर्ने २५ हजार कित्ता शेयर लिलामीमा विक्री खुल्ला भएको हो ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं र विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतका शाखा कार्यालयबाट पनि बोलपत्र बुझाउन सकिन्छ ।

उक्त शेयर खरीदका न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्