सोमबार नेप्सेमा छायो हरियाली, नेप्से सूचक बढ्दा कारोबार भने घट्यो

कामठाडौं । साताका दोस्रो दिन सोमबार नेप्से बरेक्सन हुँदै बढेको छ । केहि दिन देखि राजनीतिक अस्थिरताका कारण घटेको बजार सामेबार पुन आफ्नो लयमा आउन थालेको छ ।

साताको पहिलो दिन आइतबार करिव ८० अंकले घटेर राताम्य बनेको नेप्से सोमबार भने पुरै हरियाली छाएको छ । सोमबार सबै समूहमा हरियाली छाएको छ । सोमबार नेप्से परिसूचक ३९.०८ अंकले बढेर २५१३.४७ अंकमा बनद भएको छ ।

सोमबार सर्वाधिक जीवन बीमा समूहका लगानीकर्ताले ३५०.२१ अंकले कमाए भने सबैभन्दा कम म्युचअल फण्डका लगानीकर्ताले ०.०३ अंकले कमाए । दिनभरिमा २०९ कम्पनीको १ करोड १७ लाख १६ हजार १९ सेयर कित्ता ६९ हजार ७५८ पटक किनबेच हुँदा ५ अर्ब ६३ करोड ९४ लाख ४० हजार २४३ रुपैयाँको कारोबार भएको छ ।