प्राइम बैंकको ऋणपत्रकाे फागुन २८ गतेदेखि बिक्री खुला गर्ने « Arthapath.com
१८ फाल्गुन २०७७, मंगलवार

प्राइम बैंकको ऋणपत्रकाे फागुन २८ गतेदेखि बिक्री खुला गर्ने



काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले फागुन १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने ऋणपत्रको निष्काशन मिति सरेर फागुन २८ गतेदेखि बिक्री खुला गर्ने भएको छ । अब बै.कले जारी गर्ने ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामक सो ऋणपत्रका लागि २८ गतेदेखि आवेदन दिन सकिने छ ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल ऋणपत्रमध्ये २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ । बाँकी १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो । सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।

सो ऋणपत्रको अवधि ८ वर्षको रहेको छ । बैंकले वार्षिक ८.७५ प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्