राष्ट्रिय बाणिज्य बैंकद्धारा कर्मचारीलाई बैंकको सेवाबाट हटाइयो « Arthapath.com
१८ फाल्गुन २०७७, मंगलवार

राष्ट्रिय बाणिज्य बैंकद्धारा कर्मचारीलाई बैंकको सेवाबाट हटाइयो



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले कर्मचारीलाई सेवाबाट हटाएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थायी ठेगाना भई शाखा कार्यालय गौरमा कार्यरत सहायक खुस्बु गुप्तालाई सेवाबाट हटाइएको बैंकले सूचना प्रकाशन गरि जनाएको हो ।

यस बैंकको निर्णयानुसार यस बैंकको कर्मचारी सेवा विनियमावली २०७० को विनियम ४५ को उप विनियम (४) बमोजिम बिदा स्वीकृत नगराई ९० (नव्वे) दिनभन्दा बढी समय अनुपस्थित रहेका पर्सा जिल्ला, वीरगञ्ज म.न.पा. वडा नं. १० स्थायी ठेगाना भई शाखा कार्यालय गौरमा कार्यरत सहायक श्री खुस्बु गुप्ता (१३०२९) लाई गयल खारेज गरी कार्यालयमा अनुपस्थित रहेको मिति २०७७।०३।०२ देखि लागू हुने गरी भविष्यमा बैंकको नोकरीका लागि अयोग्य, नठहरिने गरी यस बैंकको सेवाबाट हटाइएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्