नेप्से परिसूचक ६० अंकले घट्यो, सवा ६ अर्बको कारोबार, बीमा समूहका लगानीकर्ताले धेरै गुमाए « Arthapath.com
१८ फाल्गुन २०७७, मंगलवार

नेप्से परिसूचक ६० अंकले घट्यो, सवा ६ अर्बको कारोबार, बीमा समूहका लगानीकर्ताले धेरै गुमाए



काठमाडौं । नेपालस्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ६० अंकले घटेको छ । राजनीतिक अस्थिरतका कारण नेप्से घटेको सेयर विज्ञहरु बताउँछन् । सोमबार हरियाली छाएको नेप्से पुन घटेको हो ।

मंगलबार नेप्से ५९.७० अंकले घटेर २४५५.३३ अंकमा बन्द भएको छ । दिनभरिमा २०८ कम्पनीको १ करोड ३१ लाख ६ हजार ७३८ सेयर कित्ता ६४ हजार ७८७ पटक किनबेच हुँदा ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १२ वटा समूहमध्ये २ समूहमा मात्र हरियो देखिएको छ भने अन्य सबै समूह राताम्य बनेका छन् । ट्रेडिङ र होटेल र पर्यटन समूहका लगानीकर्ताले क्रमशः २७८.४९ र १६.८६ अंकले कमाए भने सर्बाधिक धेरै गुमाउनेमा जीवन बीमा र निर्जीवन बीमा समूहका लगानीकर्ताले क्रमशः ५१९.६७ र ३४३.५७ अ.कले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्