प्रधानमन्त्रीले उदघाटन गरे प्रभु बैंकको विर्तामोड एक्सटेन्सन काउन्टर « Arthapath.com
१८ फाल्गुन २०७७, मंगलवार

प्रधानमन्त्रीले उदघाटन गरे प्रभु बैंकको विर्तामोड एक्सटेन्सन काउन्टर



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभु बैंकको झापास्थित वि एण्डसी मेडिकल कलेज तथा पुर्वाअञ्चल क्यान्सर अस्पताल परिसरमा प्रभु बैंकको एक्सटेन्सन काउण्टरको समुदघाटन गरेका छन् ।

मंगलबार गृह जिल्ला झापा पुगेका प्रधानमन्त्रीले अस्पताल परिसरमा खोलिएको एक्टेन्सन काउण्टरको रिवन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन लगायतको सहभागिता रहेकाे थियो ।


प्रतिक्रिया दिनुहोस्