एकै दिन १७ सयले घटेको सुनको मूल्य बुधबार फेरि बढ्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
१९ फाल्गुन २०७७, बुधबार

एकै दिन १७ सयले घटेको सुनको मूल्य बुधबार फेरि बढ्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ५५ रुपैयाँमा कारोबार भएको छ । त्यस्ते, बुधबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य १७ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार छापावाल सुनका मूल्य तोलामा ४ सयले बढेर प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तोजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्