१५ प्रतिशत लाभांशले ३ लाख १७ हजार सेयरधनी लाभान्वित भएका छन् : सीईओ उपाध्याय « Arthapath.com
१९ फाल्गुन २०७७, बुधबार

१५ प्रतिशत लाभांशले ३ लाख १७ हजार सेयरधनी लाभान्वित भएका छन् : सीईओ उपाध्याय



कृषि विकास बैंकको ५४ औ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको समग्र कारोबारको स्थिति, बैंकले अपनाएका रणनीति तथा भविष्यका योजनाहरूका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्यायसँग गरिएको अन्तर्वार्ताः

सर्वप्रथम वाणिज्य बैंकहरुको छाता संगठन नेपाल एशोसिएसनको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकोमा यहाँलाई हार्दिक बधाई । सरकारी बैंकहरुको यस कि प्रतिनिधित्व प्रशंसनीय नै मान्नुपर्छ । यस सम्बन्धमा केहि बताइदिनुहुन्छ कि ?

धन्यवाद । यो उपलब्धी बैंकको संचालक उच्च व्यवस्थापन र उर्जाशील कर्मचारीसँग गर्न चाहन्छु । सरकारी बैंकको बैंकर्स एसोसियन यस किसिमको प्रतिनिधित्वले सरकारी बैंक कार्य संचालन प्रभावकारिता निजी क्षेत्रका वाणिज्य बैंकसरह नै रहेको र विवेकशील नियमनहरुको पालना सहित संस्थागत सुशासन तथा सबैको म र यस बैंकप्रतिको विश्वासको उपज हो भन्ने ठानेको छु ।

कोभिड–१९ ले अर्थतन्त्रका साथै बैंकिङ्ग क्षेत्र र कृषि विकास बैंकमा कस्तो प्रभाव पर्यो ?

कोभिड–१९ को महामारीले २०७६ चैत्र १५ २०७७ श्रावणसम्म लकडाउनले गर्दा सम्पूर्ण अर्थ ठप्प जस्तो भएको जगजाहेर नै छ । नेपाल भ्रम २०२० लाई कोभिड–१९ ले नराम्रोसँग प्रभावित गर्यो ।चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ०.६५ प्रतिशत मात्र हुने विश्व बैंकले प्रक्षेपण गरिसकेको छ । बैंकिङ्ग व्यवसाय अर्थतन्त्र चलायमान बनाउने द्योतक मानिए पनि कोभिडका कारण बैंकहरूलाई धेरै असर गरेको राष्ट्र बैंक लगायत विभिन्न प्रतिवेदनहरूले देखाएका छन् । अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले आ.व. २०७६/०७७ को चौँथो चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ०.६५ प्रतिशत मात्र हुने विश्व बैंकले प्रक्षेपण गरिसकेको छ ।

बैंकिङ्ग व्यवसाय अर्थतन्त्र चलायमान बनाउने द्योतक मानिए पनि कोभिडका कारण बैंकहरूलाई धेरै असर गरेको राष्ट्र बैंक लगायत विभिन्न प्रतिवेदनहरूले देखाएका छन् । अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले आ.व. समेत दिएको थियो । यसैगरी कोभिडका कारण प्रभावित व्यवसायहरूलाई राहत प्रदान गर्न पुनर्सरचना र पुनरतालिकीकरणका साथै ग्रेस अवधि समेत थप गरेका कारण बैंकहरूको ब्याज आम्दानीमा नकारात्मक असर पर्यो । तथापि अर्थतन्त्रको समस्यालाई हृदयंगम गर्दै समग्र बैंकहरूले सो कदमको स्वागत गरेका थिए । प्रभावित राहत प्रदान गर्न र तालिकीकरणका २०७६/७७ को चौथो त्रैमासमा २ प्रतिशतले कर्जाको व्याजदर ब्याज आम्दानीमा घटाउन बैंकहरूलाई निर्देशन दिएको थियो । यसैगरी कोभिडका कारण प्रभावित व्यवसायहरूलाई राहत प्रदान गर्न पुनर्सरचना र पुनरतालिकीकरणका साथै ग्रेस अवधि समेत थप गरेका कारण बैंकहरूको ब्याज आम्दानीमा नकारात्मक असर पर्यो । तथापि अर्थतन्त्रको समस्यालाई हृदयंगम गर्दै समग्र बैंकहरूले सो कदमको स्वागत गरेका थिए ।

कोभिड–१९ का कारण थुप्रै जिल्ला लकडाउनमा गएकाले कृषि विकास बैकका शाखाहरू पनि बन्द गर्नुपर्यो । कोरोनाकै कारण कर्मचारीमा त्रासको वातावरण सिर्जित भएको थियो । कोभिडबाट हाम्रा करिब २७५ जना कर्मचारीहरू प्रत्यक्ष रूपमा प्रभावित पनि हुन पुगे । हामीले Work From Home को रणनीति बमोजिम पनि काम गर्यो । त्यस्तै अत्यावश्यक सेवा भएकाले आलोपालो (Rotation) को हिसाबले सेवा दिएर भए पनि बैंकिङ्ग सेवा रोकेनौं । साथै यस अवधिमा डिजिटल Products र Online कारोवारमा उल्लेख्य वृद्धि हुन पुग्यो । “मौद्रिक नीति २०७७/७८ ले बैंकलाई कृषि क्षेत्रको अगुवा बैक (Lead Bank) भई कार्य गर्ने अवसर प्रदान गरेको छ । यस कार्यलाई सहजीकरण गर्दै लागत मूल्य कम गर्न तथा कृषिमा विशिष्टिकृत बैंक बनाउने सुविधा दिँदै मौद्रिक नीतिले यस बैंकलाई कृषि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था समेत मिलाएको छ । यसै सुविधालाई सदुपयोग गर्दै बैंकले हालका लागि रू. ६ अर्बको कृषि बण्ड जारी गर्न लागेको छ । त्यस्तै मौद्रिक नीतिले व्यवस्था गरेबमोजिम बैंकले किसान क्रेडिट कार्ड र किसान एप समेत जारी गर्न लागेको छ ।

चाल आ.व.को खुद मुनाफा लक्ष्य रु. ४ अर्व ८६ करोड़ रहेकोमा कोभिड–१९ को समस्याका कारण मुनाफा कटौती गर्दै वित्तीय सेवामा बढी ध्यान पुन्याउन परेकाले चालु आ.व.को कात्तिक मसान्तसम्म ६७ करोड़ खुद मुनाफा आर्जन गरेका छौं ।

मौद्रिक नीति २०७७/७८ ले कृषि विकास बैंकलाई दिएको अवसर र ती अवसरलाई सदुपयोग गर्न बैंकले के प्रयास गरिरहेको छ ?

मौद्रिक नीति २०७७/७८ ले बैंकलाई कृषि क्षेत्रको अगुवा बैंक (Lead Bank) भई कार्य गर्ने अवसर प्रदान गरेको छ । यस कार्यलाई सहजीकरण गर्दै लागत मूल्य कम गर्न तथा कृषिमा विशिष्टीकृत बैंक बनाउने सुविधा दिदै मौद्रिक नीतिले यस बैंकलाई कृषि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था समेत मिलाएको छ । यसै सुविधालाई सदुपयोग गर्दै बैंकले हालका लागि रू. ६ अर्बको कृषि बण्ड जारी गर्न लागेको छ । त्यस्तै मौद्रिक नीतिले व्यवस्था गरेबमोजिम बैंकले किसान क्रेडिट कार्ड र किसान एप समेत जारी गर्न लागेको छ । यसका साथै मौद्रिक नीति व्यवस्था बमोजिम बैंकले आफ्ना तालिम केन्द्र मार्फत कृषि सम्बन्धी तालिम विस्तार गर्न आवश्यक संस्थागत एवं संरचनागत व्यवस्था मिलाउँदै लगेको छ ।

बैंकको साधारणसभा र वित्तीय विवरणका बारेमा केही बताइदिनुस् न ।

अघिल्लो वर्ष झै यस वर्ष पनि नियामक निकायले तोकेको समयावधि ६ महिनाभित्रै यस विषम परिस्थितिमा पनि Virtual माध्यमबाट भए पनि वार्षिक साधारण सभा गर्न सफल भएका छौं । साथ यही साधारणसभाबाट १५ प्रतिशत लाभांश समेत दिन सकेका छौं । बैंकका ३ लाख १७ हजार जति शेयरधनीहरू यसबाट लाभान्वित हुने आशा लिएका छौ । बैंकको चुक्ता पुँजी बैंकको १४ औँ वार्षिक साधारणसभाले पारित गरेपश्चात रू. १६ अर्व ४१ करोड रहेको छ, जुन वाणिज्य बैंकहरूले कायम गर्नुपर्ने न्यूनतम सीमाभन्दा दुई गुणा बढी हो । यसअन्तर्गत रू. १० अर्ब ९८ करोड़ साधारण शेयर र रू.५ अर्ब ४३ करोड़ अग्राधिकार शेयर रहेको छ । बैंकको जगेडा कोषको कुरा गर्नुपर्दा रू. ११ अर्ब भन्दा बढी रहेको छ । बैंकको कुल पुँजीकोष रू. ३२ अर्ब जति रहेको छ ।

बैंकको प्रविधि विकास के–कस्तो रहेको छ ?

आवश्यक पूर्वाधार नपुगेका २ वटा कार्यालय बाहेक सम्पूर्ण कार्यालयहरूमा Core Banking System जडान गरिसकिएको छ । Core Banking System version R16 मा रहेकोमा R20 मा upgrade गर्ने कार्य सम्पन्न भई UAT भइरहेको छ । यसले बैंकबाट प्रदान गरिने सेवाको गुणस्तरमा अभिवृद्धि भएको छ । बैंकको अधिकांश शाखाहरूमा उक्त प्रविधि जडान कार्य सम्पन्न भइसकेकोले बैंकिङ्ग सुविधा ग्रामीण क्षेत्रसम्म पुयाउन बैंक सफल भएको छ । कारोबार संचालनको सन्दर्भमा उत्पन्न हुनसक्ने सम्भावित प्रविधिजन्य जोखिमहरूको पहिचान गरी सोको न्यूनीकरणको लागि आवश्यक व्यवस्था गर्दै आएको छ । IPS, Connect IPS, RTGS, VISA DEBIT Card, Internet Banking, ATM, C–ASBA, DEMAT सेवा जस्ता आधुनिक Electronic Banking को उपकरणहरूको प्रयोगलाई तीब्रता दिइएको छ । Kisan Credit Card Visa Credit Card आजभोलि नै संचालनमा ल्याएका छौं ।

बैंकले भौतिक संरचनामा कस्तो विकास गरेको छ ?

बैंकले आफ्ना भौतिक पूर्वाधारहरूलाई आधुनिकीकरण गर्दै “स्मार्ट शाखा को मोडलमा शाखालाई आकर्षक ढंगले रूपान्तरण गर्दै लगेको छ । कतिपय कर्पोरेट तहका शाखाहरूमा अत्याधुनिक सेन्सरसहितका प्रविधि समेत जडान गरेका छौं । कार्यालय वर्गीकरण गरी अधिकांश भवनहरू रूपान्तरण गर्दै पुराना तथा जीर्ण भएका पूर्वाधारहरूलाई नवीनता प्रदान गर्दै लगेका छौं ।

प्रदेश सरचना र प्रदेश सरकारहरुसँंग के कस्ता सहकार्य भइरहेका छन् ?

बैंकले ग्राहकहरूको आवश्यकता बमोजिम नै ७ प्रदेश अनुसार ७ प्रदेश कार्यालय हुने भएता पनि वागमती प्रदेश र ५ न प्रदेशमा थप १–१ प्रदेश कार्यालय गरी कुल ९. प्रदेश कार्यालयबाट प्रदेश स्तरका बैंकिंग सेवा दिइरहेका छौं । प्रदेश कार्यालयलाई देशको संघीयताको ढाँचा जस्तै सीमा अख्तियारी प्रदान गरी सुगठित गरेका छौं । बैंकका तालिम केन्द्रहरूलाई पनि प्रादेशिक संरचनामा रूपान्तरित गरी व्यवस्थित गरेका छौँ ।

प्रदेश सरकारहरूसँगको सहकार्य हेर्नुपर्दा वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, सुदूरपश्चिम प्रदेशसँग व्याज अनुदान र श्रोत÷सीमाको आधारमा विभिन्न सम्झौता गरी कृषि र अन्य व्यवसायलाई सहज रूपमा वित्तीय सहायता पुग्ने हिसाबले कार्य गरिरहेका छौ ।

बैंकले चाल आ.व. मा हासिल गर्न खोजेका लक्ष्य र अनुमानित प्रगति के–कस्ता रहेका छन् ?

बैकको चालू आ.व. को लक्ष्यतर्फ हेर्दा १६४ अर्बको निक्षेप र रू. १४५ अर्बको कर्जा लगानी रकम लक्ष्य रहेकोमा २०७७ पौष अन्त्यसम्म आइपुगदा रू. १४२ अर्ब निक्षेप संकलन र रू. १३१ अर्व भन्दा बढी कर्जा लगानी गरेका छांै । निष्कृय कर्जाको अनुपातिक लक्ष्य १.०६ प्रतिशत रहेकोमा आश्विन २०७७ सम्म २३७ प्रतिशत रहेको छ । त्यस्तै चालू आ.व.को खुद मुनाफा लक्ष्य रू. ४ अर्ब ८६ करोड़ रहेकोमा कोभिड–१९ को समस्याका कारण मुनाफा कटौती गर्दै वित्तीय सेवामा बढी ध्यान पुयाउनु परेकाले चालू आ.व.को कात्तिक मसान्तसम्म ६७ करोड़ खुद मुनाफा आर्जन गरेका छौं । तथापि यो रकम आउने त्रैमासहरूमा रामरै हिसाबले बढाई तोकिएको लक्ष्य पुयाउन प्रयत्नशील रहने छौं ।

बैंकको अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा बताइदिनुस् न ।

बैंक स्थापनाका पहिलो र दोस्रो दशकमा विभिन्न संघ, संस्था, दातृ निकाय, नेपाल सरकारको प्रत्यक्ष ऋण तथा अनुदान सहयोगमा बैंकले कृषि उत्पादन र बजारीकरण (प्रविधि समेत) का साथ जनशक्तिको दक्षता अभिवृद्धिमा उल्लेख्य सहयोग प्राप्त भएको र पछिल्लो दशकमा नेपाल सरकारको सहयोगमा एसियाली विकास बैंकबाट पुनर्सरचनामार्फत प्राप्त ऋण तथा अनुदानबाट बैंकले आफ्ना कार्यलाई प्रभावकारी रूपमा गुणस्तरीय सुधार गर्न सफल भएकोले अब यस बैंकले पुनः आफ्नो सम्बन्धलाई निरन्तरता दिने सोचका साथ अधि बढेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धमा थप सुधार आउने विश्वास छ । यसै आर्थिक वर्षमा बैकले IFAD, World Bank, GTZ लगायत विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग कृषि मूल्यश्रृंखलामा वित्तपोषण (Agriculture Value Chain Financing) का लागि महत्वपूर्ण सम्झौताहरू गरेको र सोही बमोजिम नेपालमा कृषिको विकासका लागि विभिन्न वित्तीय सहायता आउने दिनमा प्राप्त गर्ने विश्वास लिएका छौ ।

भावी योजनाका बारेमा बताइदिनस् न।

’कृषिलाई नछोड्ने, अरूलाई जोड्ने मूल मन्त्रलाई आत्मसात गर्दै कृषि कर्जामा अगुवाइ गर्दै किसान मैत्री, व्यवसायमैत्री, प्रविधिमैत्री आम सरोकार र जनमानसमा अझ विश्वासिलो र भरपर्दो बैंकको रूपमा स्थापित हुनेछौ । बैंकले प्रवाह गर्ने सेवालाई छिटो छरितो र ग्राहकमुखी बनाउन विशिष्टीकृत सेवाको लागि कार्यालयहरू किटान गरी क्रमिक रूपमा सेवा विस्तार गरिनेछ । Credit Process Automation System का माध्यमबाट कर्जा प्रवाहमा थप गुणस्तरीयता र शिघ्रता ल्याउँदै जानेछौं । कार्यालयहरूको सेवालाई विशिष्टीकृत गर्दै Branch Specific Product को अवधारणा बमोजिम कर्जा, बैंक जमानत आदि सेवाहरू कार्यालयको प्राथमिकता क्रमानुसार वर्गीकरण मर्द लगिनेछ । खुदा र साना कर्जा, दूला परिट कर्जा र कृषि कर्जालाई प्राथमिकता दिदै व्यवसाय विस्तार गर्दै लानेछौ । कर्जा प्रवाह, स्वीकृती र कागजात व्यवस्थापन प्रकृयालाई छिटो, छरितो, सहज र गुणस्तरीय बनाइने छ ।

सम्भाव्यताको आधारमा कृषि, जलविद्युत, पर्यटन तथा अन्य क्षेत्रका ठूला परियोजनाहरूमा लगानी विस्तार गर्ने नीतिलाई निरन्तरता दिइनेछ । Mutual Fund/ Merchant Bank को स्थापना, NPR Prepaid Card, Credit Card, Co–Branding Curd तथा Dollar Card को सुरुवात गरी Digital Banking Product लाई थप विस्तार गरिने छ । बैंकले प्रयोग गरिरहेको Core Banking System लाई Additional AA Module सहित Upgradation गर्दै MIS लाई अझ बढी प्रभावकारी बनाइने छ । कूल निक्षेपमा स्थायी प्रकृतिको न्यून लागतको निक्षेप भार वृद्धि गर्दै निक्षेपको मिश्रणलाई भरपर्दो तथा दिगो बनाउने नीति लिई कार्यक्रम संचालन गरिने छ । भारत लगायत तेस्रो मुलुकबाट विप्रेषण आप्रवाहलाई प्रभावकारी रूपमा बैकिङ् प्रणालीमार्फत कार्यलाई निरन्तरता दिइनेछ । बैंकले विभिन्न दातृ निकाय तथा एजेन्सीसँग समन्वय, सहकार्य तथा सम्झौता गरी कम लागतको दीर्घकालीन पुंजी स्रोत परिचालन गर्ने वातावरण सिर्जना गरिनेछ । बैकले संघीय, प्रादेशिक तथा स्थानीय सरकारहरूसँग समन्वय, सहकार्य तथा सम्झौता गरी कार्यक्रमहरू संचालन गर्ने कार्यलाई निरन्तरता दिदै जानेछ ।

कृषि बिकास बैंकको ५४ औँ वार्षिकोत्सव आर्थिक विशेषाङ्कबाट साभार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्