सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि तालिम सम्पन्न « Arthapath.com
२० फाल्गुन २०७७, बिहीबार

सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि तालिम सम्पन्न



काठमाडौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ ।

आज काठमाण्डौको लेण्डमार्क होटलमा आयोजित तालिम कार्यक्रममा प्रदेश नं ३ का सम्पुर्ण शाखा र उपशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । कर्मचारीहरुलाई वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल ले गैर कानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा तालिम दिनु भएको थियो । तालिममा ३ नं। प्रदेशका १५ जना प्रमुखहरुको सहभागिता रहेको थियो ।

आजै संचालिन हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यस्को बिक्रिका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरु र ग्रामिण क्षेत्र सम्म पुग्ने बजार रणनीतिका बारेमा तालिम संचालन हुनेछ । नायव प्रमुख कार्यकारी अधिकृत द्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ, मार्केटिङ विभाग प्रमुख प्रशान्तराज धमला र अण्डरपराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपानेले तालिम दिने कार्यक्रम रहेको छ ।

कम्पनीले २०७८ आषाढ मसान्त भित्र सातै प्रदेशका कर्यालय प्रमुख र कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि पूनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ ।त्यसै गरी यो तालिम क्रमश अभिकर्ताहरुलाई पनि प्रदान गरी जीवन बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरणलाई न्यूनिकरण गर्ने उद्देश्य राखिएको जानकारी गराउन चाहन्छौँ ।


प्रतिक्रिया दिनुहोस्