शुक्रबार थप १२० जनामा कोरोना संक्रमण, ८३ जना निको भए « Arthapath.com
२१ फाल्गुन २०७७, शुक्रबार

शुक्रबार थप १२० जनामा कोरोना संक्रमण, ८३ जना निको भए



काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप १ सय २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । आज संक्रमित हुनेमा ५१ महिला र ६९ पुरुष रहेका छन । यो सहित कोरोना संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ ।

यस्तै ८६ जना निको भएका छन ।योसंगै कोरोना निको हुनेकोसंख्या २ लाख हजार ७० हजार ७६६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी आज कोही पनि कोरोना संक्रमितको ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या भने ८ सय ३२ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्