३ सातामा सुनको मूल्य ५ हजार ३ सयले घट्यो « Arthapath.com
२२ फाल्गुन २०७७, शनिबार

३ सातामा सुनको मूल्य ५ हजार ३ सयले घट्यो



काठमाडौं । ३ सातामा छापावाल सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले घटेको छ । माघ ३० गते छापावाल सुनको मूल्य तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने ५ हजार ३ सय रुपैयाँले घटेर फागुन २१ गतेका दिनमा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुनको मल्य माघ ३० गतेका दिन तोलामा ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने ५ हजार २५० रुपैयाँले घटेर फागुन २१ गते ८५ हजार १५० रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै चाँदीको मूल्य माघ ३० गतेका दिनमा १३ सय २० रुपैयाँमा कारोबार भएको थियो भने ७० रुपैयाँले घटेर फागुन २१ गतेका दिन १२ सय ५० रुपैयाँमा कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्