अप्रिला एसएक्सआर १६० को विक्री सुरु, ४ कलरमा पावरफुल स्कुटर बजारमा, अरु के–के छन विषेसता ? « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

अप्रिला एसएक्सआर १६० को विक्री सुरु, ४ कलरमा पावरफुल स्कुटर बजारमा, अरु के–के छन विषेसता ?



काठमाडौं । पियाजियो मोटर्सको उत्पादन रहेको अप्रिलाको नयाँ स्कुटर नेपाली बजारमा आएको छ । नेपालका लागी आधिकारीक विक्रेता एमभी दुगड ग्रुपले अप्रिला एसएक्सआर १६० को स्कुटर नेपाली बजारमा आज सार्वजनिक गरेको छ ।


अप्रिलिया नेपाली भाषामा नयाँ डिजाइन गरिएको पहिलो स्कूटर एसएक्सआर १६० को आज पियाजियो मोटर्सको इंण्डियाका अध्यक्ष तथा प्रवन्ध निर्देशक डिएगो ग्राफी र सोही कम्पनीका वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवालको उपस्थितीमा नेपालका लागी आधिकारीक विक्रेता एमभी दुगडका अध्यक्ष मोतिलाल दुगड र उपाध्यक्ष विवेक दुगड, भाइस प्रेसिडेन्ट विजय महतोले उद्घाटन गरे ।
नयाँ ग्लोबल डिजाइन भाषा समावेश गरेको सो स्कुटर एकल सिलिन्डर, ४–स्ट्रोक, एयर–कूल्ड, ३ भल्भ फीउल ईन्जेक्शन (एफआई) कम कार्बन इमिसन ईन्जिन टेक्नोलोजी (बिएसभिआई) लगाएको छ । जसले ७१०० आरपिएममा ११ पीएसको पीक पावर उत्पादन गर्दछ । उत्तम सवारी अनुभव र उच्च स्तरको आराम प्रदान गर्न ठूलो, लामो, आरामदायी र एगोनोमिक सीटहरू रचना गरेको छ । सलक्क बडी ज्यामितीय रूपरेखा र उच्च शिल्प कौशलले अप्रिला एसएक्सआर १६०को गतिशील प्रीमियम अपील प्रतिबिम्बित गर्दछ । स्कूटर १२ भोल्ट, ५.० एएचएमएफ ब्याट्रीको साथ र ७ लिटर ईन्धन क्षमताको साथ रहेको छ ।

उदघाटन समारोहको बारेमा टिप्पणी गर्दै, पियाजिओ भारतका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफीले हामी सबै ग्राहकहरुका लागि अप्रिला एसएक्सआर १६० लाई धेरै अपेक्षित प्रीमियम स्कूटरको रुपमा प्रस्तुत गर्न पाउँदा खुसी छौं । उत्कृष्ट शैली, उच्च प्रदर्शन र ठुलो विशेषताको प्रतीक अप्रिला एसएक्सआर १६० विशेष गरी इटालीमा डिजाइन गरिएको हो । सो स्कूटरले नेपालको प्रीमियम टू–व्हीलर बजारमा उच्च मापदण्डहरू सेट गर्नेछ ।

कार्यक्रममा एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले युवाहरूको आवश्यकता र मन जित्दै अघि बढ्ने बताए । अझ गुणस्तरिय उत्पादनको लागि कार्य क्षमता बिस्तार गर्न तयार भएको विवेकले बताए । नेपालका लागि आधिकारिक विक्रेता एमभी दुगड ग्रुपले टू ह्वीलरमा अनुशासित भएर लागेको र नेपालभर ३६ सक्रिय डिलरमार्फत ग्राहाकलाई सुविधा दिने बताए ।

यस्तो छ विषेसता :
अप्रिला एसएक्सआर १६० स्कुटर ३ कोट एचडि बडी पेन्ट फिनिश, अप्रिलिया फिचर ग्राफिक्स म्याट कालो डिजाइन सम्मिलित डाक क्रोम एलिमेन्टसको साथ उपलब्ध गराइएको छ । एलईडी टेक्नोलोजी टुइन्स क्रिस्टल हेड लाइट र इलाइन पोष्टोन लाइटको साथ मर्ज भएको फ्रन्ट इंडिकेटर व्लेङ्कर्सले अद्वितीय प्रकाश सिर्जना गर्छ ।

डायमण्ड रिफ्लेक्सन एलईडी टेललाईटको साथ एकीकृत रियर व्लेङ्कर्स भएको यस अप्रिला एसएक्सआर १६० ले नया पुस्ताको आवश्यकता पूर्ति गर्दछ । एन्टि–लक ब्रेकिंग सिस्टम एबीएस) भएको अप्रिला एसएक्सआर १६० मेन्टिलेटेड डिस्क ब्रेक र ट्वाइन्स पट कलिपर हाइड़ोलिक ब्ेकको साथ आउदै छ जसले उच्च ब्रेकिंग सुरक्षा प्रदान गर्दछ । अप्रिला एसएक्सआर १६० आकर्षक ग्लसी रेड, म्याट निलो, ग्लसी ह्वाइट र म्याट ब्ल्याक रंगहरूमा उपलब्ध हुनेछ ।


प्रतिक्रिया दिनुहोस्