विचौलियालाई हटाई मुद्रण मैत्री कानुन कानुन बनाउन सरकारलाई आग्रह: पुष्कल गौतम « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

विचौलियालाई हटाई मुद्रण मैत्री कानुन कानुन बनाउन सरकारलाई आग्रह: पुष्कल गौतम



मुद्रण उद्योग संघ कास्कीको साधारणसभा तथा अधिवेशन सम्पन्न

पोखरा । मुद्रण उद्योग संघ कास्कीका ११ औं साधारणसभा तथा चौथो अधिवेशन शुक्रबार पोखरा-२२, कालावाङमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल मुद्रण महासंघका अध्यक्ष पुष्कल गौतमले प्रिन्ट प्याक सफ्टवयर खोली कार्यक्रमको उद्घाटन गरेका थिए। उनले मुद्रण व्यवसायीहरुका समस्या र समाधानका विकल्प राज्यका सरोकारवाला निकायलाई पोख्दा पोख्दैपनि राज्यले गुनासो नसुनेको अवस्थामा अब देशभरी मुद्रण व्यवसायीलाई एकवद्धता गराई संघर्षका कार्यक्रम गर्ने बताए। सरकारलाई किताब मात्र ज्ञान होइन, कम्प्युटर, इमेल इन्टरनेटलगायत पढ्नको लागि प्रयोग हुने सम्पूर्ण सामान ज्ञानका सामाग्री भएको जानकारी गराए। “कितावलाई ज्ञानको क्षेत्र भनेर अन्तराष्ट्रिय बजारमा उत्पादन भएर नेपाल ल्याएका कितावलाई लाग्ने कर हटाइएको छ र तर अन्तराष्ट्रिय बजारबाट किताव छपाउनको ल्याइने रअ मेटरियल (कच्चा पदार्) मा कर लगाइएको छ यसले गर्दा विचौलियालाई सरकारले पोस्ने काम गर्यो। करोडौं लगानी गर्ने व्यवसायीहरुलाई धरापमा पार्ने काम बन्द गरि मुद्रणमैत्री कानुन बनाउन समेत सरकारलाई आग्रह गर्दछु।” उनले भने।

कार्यक्रममा बोल्दै उनले महासंघले व्यवसायीहरुको हकहितको लागि आवाज उठाउदै आएको हुँदा कुनै पनि समस्या आइपरेमा इमेल वा म्यासेजबाट महासंघलाई जानकारी गराउन भने। उनले “राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सहभागी भई मुद्रण सम्बन्धी जानकारी लिन इच्छा भएमा उहाँहरुलाई हामीले सहभागीताको लागि वातावरण मिलाउछौं। तपाईहरु हामीलाई जानकारी गराउनुहोस्।” उनले भने। त्यसैगरी मुद्रण व्यवसाय पलायन हुन नदिन नयाँ प्रविधि भित्र्याउनको लागि समेत महासंघले आवश्यक सहयोग गर्ने बताएका थिए।

मुदण उद्योग संघ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठले कास्कीका मुद्रण व्यवसायीहरुको हक हितको लागि अग्रसर भई ३ वर्षे कार्य जिम्मा पुरा गर्न सहयोग गर्ने व्यवसायी र संस्थाका सम्पूर्ण सदस्यलाई धन्यवाद व्यक्त गरेका थिए भने मुद्रण डायरी, मुद्रण व्यवसायको लागि हिसाव गर्न मिल्ने प्रिन्ट प्याक सफ्टवयरको विकास, अभिलेख राख्न मिल्ने क्याल्कुलेशन मेनुअल डायरी प्रकाशन लगायत धेरै काम हरु आफ्नो कार्यकालमा गरेको बताए। साथै उनले मुद्रण संघ कास्कीको इतिहासको बारेमा समेत जानकारी गराउदै नयाँ कार्यसमितिले मुद्रण व्यवसायीहरुको हक हितको लागि बुलन्द आवाज उठाई अग्रसर भइ काम गर्न अनुरोध गरेका थिए। साधारणसभा कार्यक्रममा पदमलाल श्रेष्ठले अध्यक्षको प्रतिवेदन, जीवन गोर्खालीले महासचिवको प्रतिवेदन र बसन्त बास्तोलाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रमका विशेष अतिथि तथा नेपाल मुद्रण उद्योग महासंघका बरिष्ठ उपाध्यक्ष खोमकान्त रेग्मी, अतिथीहरु नेपाल मुद्रण उद्योग महासंघका उपाध्यक्ष गोपाल ढकाल, उपाध्यक्ष सिताराम शाह, महासचिव युवराज श्रेष्ठ, मुद्रण संघ रुपन्देहीका पूर्व अध्यक्ष कृष्णप्रसाद पराजुली, मुद्रण संघ काठमाण्डौंका अध्यक्ष धननारायण श्रेष्ठ ९घनश्याम०, मुद्रण उद्योग संघ झक्तपुरका सदस्य विशाल खतिवडा, नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र बजिमया र संस्थाका साधारण सदस्य मगन कम्प्युटरका सञ्चालक मगन श्रेष्ठ, श्रीनगर स्टोर्सका सञ्चालक राजु वैद्य, संस्थाका सल्लाहकार कृष्णप्रसाद ढुंगाना र कालावाङ होमस्टेका अध्यक्ष प्रकाश गुरुङले शुभकामना मन्तव्य राखेका थिए।

कालावाङ घडेरी युवा क्लवले सांस्कृतिक कार्यक्रम गरेको थियो। भने संस्थालाई अगाडि बढाउन सहयोग गर्ने एवम् विभिन्न उपसमितिका संयोजकहरु महेन्द्र बजिमय, गिरबहादुर श्रेष्ठ (किरण), चिन्तामणी बास्तोला, विष्णुबहादुर अधिकारी, प्रकाशराज पौडेल, बसन्त बास्तोला (चिन्तित), सुवास चन्द्र सिग्देल, जीवन गोर्खाली, निरन्जन बजिमय, राजन कुमाल, पदम श्रेष्ठ, दिनेशचन्द्र बास्तोला, रामप्रसाद भुर्तेल, कृष्णलाल रञ्जित, अनन्त प्रधानाङ्ग र प्रिन्ट प्याक सफ्टवयर बनाउने इन्जिनियर सौरभ कुमाललाई मायाको चिनो दिएर अध्यक्ष पदमललाल श्रेष्ठले सम्मान गरेका थिए। भने संस्थामा आवद्ध भएका नयाँ सदस्यहरुलाई सदस्य प्रमाणपत्र प्रदान गरिएको थियो।

संस्थाका महासचिव जिवन गोर्खालीले सञ्चालन गरेको प्रथम सत्रको कार्यक्रममा उपाध्यक्ष गिरबहादुर श्रेष्ठ किरणले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष पदमलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

मुद्रण उद्योग संघ कास्कीमा किरण श्रेष्ठ

मुद्रण उद्योग संघ कास्कीको चौथो अधिवशेनबाट अध्यक्षमा रोजिना अफसेट प्रेसका सञ्चालक गिरबहादुर श्रेष्ठ ९किरण० सर्वसम्मत अध्यक्ष पदमा चयन भएका छन्। त्यसैगरी बरिष्ठ उपाध्यक्षमा कन्चन प्रिन्टर्सका चिन्तामणी बास्तोला, प्रथम उपाध्यक्षमा गोर्खाली अफसेट प्रेसका जिवन गोर्खाली, द्वितीय उपाध्यक्षमा दि मोर्डन अफसेट प्रेसका दिनेशचन्द्र बास्तोला, महासचिवमा फिस्टेल पब्लिकेशन प्रा।लि।का रामप्रसाद भुर्तेल, सचिवमा ग्राफिक सोलुशनका राजन कुमाल, कोषाध्यक्षमा ओजन अफसेट प्रेसका प्रकाशराज पौडेल र सह–कोषाध्यक्षमा एफोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसका पदम श्रेष्ठ, सदस्यहरुमा अनन्त अफसेट प्रेसका अनन्त प्रधानाङ्ग, रञ्जित अफसेट प्रेसका कृष्ण रञ्जित, निशा अफसेट प्रेसका पुष्कर श्रेष्ठ, शुभकामना अफसेट प्रेसका नारायण अधिकारी, पश्चिमाञ्चल छापाखाना गुरुदत्त पौडेल सर्वसम्मत निर्वाचित भएका छन्।

नवनिर्वाचित कास्कीका अध्यक्ष गिरबहादुर श्रेष्ठ ९किरण०ले कार्यक्रममा बोल्दै “कास्कीमा सञ्चालन रहेका मुद्रण व्यवसायीहरुको बृद्धि, विकास र आइपर्ने समस्या समाधानको लागि जुनसुकै समयमा पनि लागि पर्ने जानकारी गराएछु। यस अघि गरिएका कामहरुलाई निरन्तरता दिई अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु” उनले भने । त्यसैगरी उनले सम्पूर्ण नवनिर्वाचित सम्पूर्ण साथीहरु संस्था र व्यवसायको जिम्मेवारी बुझि लागि पर्न समेत आग्रह गरेका थिए।


प्रतिक्रिया दिनुहोस्