मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटल सबरीनामा १० प्रतिशतसम्म छुट « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई होटल सबरीनामा १० प्रतिशतसम्म छुट



काठमाडौं । मुक्तिनाथविकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेव ादिन बुढानिलकण्ठ स्थित होटल सबरीनासँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहकग्राहकहरुले होटल सबरीनाबाट होटल बसाई, खाना, बेबरेज, बेकरी तथा सोनाको सेवालिदा १०% सम्म छुट प्राप्तगर्न सक्नेछन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न VISA Network अन्तर्गतकोजुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

त्यस्तै मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामाउपस्थितनभई घरबाट गर्न सकिने व्यवस्थासमेत बैंकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्