एकैदिन तीन कम्पनीको १ करोड ८० लाख ७७ हजार ४७२ कित्ता बोनस शेयर सूचीकृत « Arthapath.com
२४ फाल्गुन २०७७, सोमबार

एकैदिन तीन कम्पनीको १ करोड ८० लाख ७७ हजार ४७२ कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वाणिज्य बैंक र एक लघुवित्त गरी तीन कम्पनीको १ करोड ८० लाख ७७ हजार ४७२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

आइतबार सेयर मुल्य सुचिकुत भएको लक्ष्मी बैंक लिमिटेडको ८८ लाख ३१ हजार ३०३ दशमलव ५६ कित्ता, माछापुच्छ्रे बैंक लिमिटेडको ५९ लाख ४६ हजार १६९ दशमलव ३१ कित्ता र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३३ लाख कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

उक्त बोनस शेयर सम्बन्धित कम्पनीका शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि दास्रो बजारमा किनबेच गर्न सक्ने नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्