राष्ट्रिय बाणिज्य बैंकमा अझै करिव ७ सय कर्मचारी अभाव « Arthapath.com
२४ फाल्गुन २०७७, सोमबार

राष्ट्रिय बाणिज्य बैंकमा अझै करिव ७ सय कर्मचारी अभाव



काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकमा करिव ७ सय कर्मचारी आवश्यकता रहेका छन् । बैंकको देशभरिका विभिन्न शाखाका लागि यति धेरै संख्यामा कर्मचारी आवश्यकता रहेको अर्थपथसँग अन्तावार्ता दिँदै राष्ट्रिय बाणिज्य बैंकका सीइओ किरण श्रेष्ठले बताएका हुन् ।

बैंकमा दक्ष जनशक्तिको अभाव हुँदा बैंकको काममा बाधा पुगेको उनले बताए । अर्थ पथ डटकमले सरकारी कोषको अर्बाै रुपैयाँ हुँदा पनि यस बैंकले सस्तोमा कर्जा दिएर ग्राहक तान्न सकेको छैन ।

अझै पनि सीसीडी रेसियो कम देखिन्छ नि ? साधेको प्रश्नमा उनले भने, “ठिकै भन्नुभयो । सीसीडी रेसियो सबैभन्दा कम छ । आर्थिक वर्ष २०७४ बाट त्यो पनि निरन्तर घट्ने क्रममा छ । तुलनात्मक रुपमा हाम्रो कर्जा सस्तो पनि छ । यद्यपि, सीसीडी रेसियो तपाईंले भनेझै कम छ । हाम्रो भएको स्रोतलाई पूर्णरुपमा उपयोग गर्न सकेको छैन ।

त्यो हामीले गर्नुपर्ने काम हो । त्यो किन गर्न सकिएन भने हामीसँग भएको जनशक्ति कम छ ।” उनले अगाडी भने “हामीले सिँधै कर्मचारी भर्ना गर्न पाउँदैनौं । सरकारी भएका बैंकलाई त्यो अधिकार छैन । त्यतिबेला लोक सेवा आयोगको थाप्लोमा जानुपर्ने स्थिति छ । हामीले २ वर्षदेखि कर्मचारी भर्ना गर्न सकेका छैनौँ ।

त्यसकारण हामीसँग अहिले दरवन्दीभन्दा ७ सय कर्मचारी कम छ । त्यो भनेको ठूलो ग्याप हो । त्यसले गर्दा विजनेश एक्सपान्सनमा एकदमै अफ्ठ्यारो परेको छ । वैकल्पिक कुरा पनि सोचिरहेका छौँ । त्यसले गर्दा अहिले जुन स्रोत त्यो उपयोग गर्न सकेको छैन ।”


प्रतिक्रिया दिनुहोस्