मिर्मिरे लघुवित्तले डाक्यो साधारण सभा, एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने « Arthapath.com
२४ फाल्गुन २०७७, सोमबार

मिर्मिरे लघुवित्तले डाक्यो साधारण सभा, एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनिले चैत १८ गते पञ्चकन्या ब्याङ्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांशका साथै एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।

कम्पनिले अहिले कायम चुक्ता पूँजीको ९.१९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तकोे चैत ८ गतेदेखि १८ गतेसम्म बुकक्लोज हुने छ ।


प्रतिक्रिया दिनुहोस्