नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आजदेखि बिक्री खुला « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आजदेखि बिक्री खुला



काठमाडौं । नागरिक लगानी कोषको लिलामी शेयरमा आजदेखि आवेदन दिन पाइने भएको छ । नेपाल बैंकले शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको संस्थापक समूहको शेयर खरिदका लागि चैत ३ गतेदेखि शिलबन्दी बोलपत्र पेश गर्न सकिने भएको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ४ लाख ६८ हजार ८२८ कित्ता संस्थापक शेयर बिक्री गरेको हो । उक्त शेयरमा न्यूनतम १ हजार ५०२ रुपैयाँ ५० पैसा अंकित गरी प्रतिस्पर्धात्मक बोलकबोल पेश गर्न सक्नेछन् । कम्पनीको शेयरमा चैत १७ गतेसम्म आवेदन दिन सकिने छ भने बोलकबोल आवेदन चैत १८ गते खोलिनेछ ।


प्रतिक्रिया दिनुहोस्