निफ्रा बैंकले आफ्नो व्यवसायिक क्षमताको अभिवृद्धि गर्ने, पूर्वाधार क्षेत्रमा दखल भएकले सूचीकृत हुन आग्रह « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

निफ्रा बैंकले आफ्नो व्यवसायिक क्षमताको अभिवृद्धि गर्ने, पूर्वाधार क्षेत्रमा दखल भएकले सूचीकृत हुन आग्रह



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले यातायात, उर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्र/औद्योगीक क्षेत्र, सामाजीक र सहरी पूर्वाधार तथा सूचना एवं संचार प्रविधिमा दखल भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा कार्यरत व्यक्ति वा संस्थाहरुलाई INFRA Excellence Center मा सूचीकृत हुन एक महिनाको आवेदन अवधि राखि आशयको सूचना प्रकाशन गरेको छ ।

यस प्रकृया मार्फत सूचीकृत हुन सफल हुनुहुने व्यक्ति एवं संस्थाहरुलाई बैंकले आवश्यकता बमोजिम अल्पकालीन एवं दीर्घकालिन रुपमा पूर्वाधारका परियोजनाहरुको पहिचान देखी निर्माण एवं संचालनसम्मका विभिन्न चरणमा विज्ञको रुपमा एवं पूर्वाधार विकासमा विश्वका सफल अभ्यासहरुलाई अंगिकार गर्न आवश्यक हुने नीति, नियम तर्जूमाका लागि सहभागी गराउनेछ ।आशयपत्र सम्बन्धी विस्तृत जानकारी बैंकको वेवसाईट www.nifrabank.com मा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्