प्राधिकरणले ट्रान्समिसनको लागि ठाउँ नदिँदा कालगांगाड हाइड्रोको विद्युत उत्पादन सयम असारमा सर्यो « Arthapath.com
६ चैत्र २०७७, शुक्रबार

प्राधिकरणले ट्रान्समिसनको लागि ठाउँ नदिँदा कालगांगाड हाइड्रोको विद्युत उत्पादन सयम असारमा सर्यो



काठमाडौं । हाल बझाङ्गमा तीन वटा जलविद्युत आयोजना निर्माण भईरहेका छन् । यी तीनवटा आयोजना ६ जनाको संयुक्त लगानीमा निर्माण भईरहेका हुन् । तीन वटा जलविद्युत आयोजनाबाट झण्डै ६५ मेगावाट विद्युत उत्पादन हुने छ । यो बझाङ्गका लागि मात्रै नभएर सुदूरपश्चिम प्रदेशका लागि अथवा देशकै गौरवका रुपमा लिईएको छ । यस अघि निर्माण कम्पनीले २०७७ माघमा विद्युत उतपादन गरिने भनेको भउपनि विभिन्न कारणले ढिलो भएको बताएको छ ।

२०७७ साल पौष मसान्तसम्म सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष लिएको थियो । टेस्टिङको काम माघबाट शुरु गरिने कम्पनीले जनाएको छ तर टेस्टिङको काम अब असार महिना सरेको छ । कम्पनीका अनुसार असारमा विद्युत उत्पादन गरिन्छ, असारभन्दा उता जानै मिल्दैन, जसरी पनि असारमा विद्युत उत्पादन गर्नुपर्ने हुन्छ ।

नेपाल विद्युत प्राधिकरणले ट्रान्समीसनको लागि अनुमति नदिएका कारणले ढिला भएको कम्पनीले जनाएको छ । विद्युत उत्पादन पछि राष्ट्रिय प्रसारण लाइनमा जोड्न विद्युत प्राधिकरणले दार्चुलाको बलाँचमा सवस्टेशनको लागि ठाउँ नदिएपछि ढिला हुन पुगेको कम्पनीले जनाएको छ ।

पछिल्लो समयको विश्वाब्यापि रुपमा फैलिएको कारोना भाइरसले गर्दा निर्माण कार्य पछाडी धकेलिन पुगेको कम्पनीले बताएको छ ।

कालगांगाड हाइड्रो प्रालिले साढे तीन वर्ष अगाडि निर्माण कार्य शुरु गरेको हो । अहिले तीन वटै परियोजनाको करिव ९५ प्रतिशत काम सम्पन्न भएको छ । साढे ३ की. मी. मिटर टनेलको पनि सम्पन्न भएको हो । आयोजनाको १८४ मिटरको पेन्स्टक (जमिनमुनिबाट आउने पानी) सुरुङको पनि पाइप हाल्ने काम सम्पन्न भएको छ ।

यसको लगानी कति हो ?

हालसम्म सबै काम गर्नका लागि कालंगा हाईड्रोको लागत अनुमानित जम्मा २८० करोड रुपैयाँ हो । अन्तिमसम्म दिनमा थपघट पनि हुन सक्ने कम्पनीले जनाएको छ ।

६ जनाको लगानी

यो कम्पनीमा ६ जनाको लगानी रहेको छ । प्राईभेट सेक्टरको नितान्त स्थानिय लेभलको डेभलपर लगानीकर्ता हुन् । यसको ईन्जिजियरिङ परामर्शदाता, सिभिल कन्ट्याक्टर, एचएम (हाईड्रो मेकानिकल) सबै नेपालको नै रहेका छन् । तर ईएम (ईलेक्ट्रो मेकानिकल) विदेशी रहेको छ । लगानीकर्ताहरु उद्योगी उमेशलाल श्रेष्ठ, राजेस श्रेष्ठ, शिव प्रसाद घिमीरे, खगेश्वर बोहरा, तीर्थराज चटौत र विरेन्द्र बहादुर मल्ल गरि ६ जना लगानीकर्ताले नै तीन वटा आयोजना निर्माण गरिरहेका छन् ।

कालगां हाइड्रो प्रालि ९७ प्रतिशत सम्पन्न
बझाङको बुंगल नगरपालिका ५ र बित्थडचिर गाउँपालिका ६ र ८ मा निर्माणाधीन कालंगा हाइड्रोको निर्माण कार्य करिव शत प्रतिशत सम्पन्न भएको छ । शुरुङ खन्ने काम शतप्रतिशत सम्पन्न भएको छ । हालसम्म सबै काम करिव करिव सकिएको र अन्य फिनिसिङको काम मात्रै रहेको छ । जम्माजम्मी ९७ प्रतिशत सम्पन्न भएको छ । कालंगा हाइड्रोद्वारा निर्माण भईरहेको १५.३३ मेगावाट विद्युत उत्पादन गर्न सक्ने क्षमता विस्तार गरिएको छ । १५.३३ मेगावाट विद्युत उत्पादन गर्नको लागि ३ हजार ४६८ मिटर लामो सुरुङ निर्माण गरिएको छ । जम्मा ३ हजार ४ सय ७८ मिटर लम्बाइ रहेको उक्त सुरुङ बुंगल नगरपालिकाको पाउटादेखि रुपैलसम्म रहेको छ ।

अपर (माथिल्लो) कालगांगाड हाइड्रो ८७ प्रतिशत सम्पन्न
सानिगांड हाइड्रो प्रबन्धक रहेको ३८.४६ मेघावाटको माथिल्लो कालंगागाडको निर्माण कार्य हालसम्म ८७ प्रतिशत कार्य सम्पन्न भएको छ ।

अपर (माथिल्लो) सानिगांड हाइड्रो ८३ प्रतिशत सम्पन्न
बुंगल हाइड्रो प्रालि प्रबन्धक रहेको १०.७० मेघावाट क्षमता रहेको माथिल्लो सानीगांडको पनि काम तिव्र गतिमा भईरहेको छ ।

स्वदेशी प्राविधीकहरुबाट भएको डिजाइन, स्वदेशी लगानी र स्वदेशी कामदारबाटै निर्माण भएको यो आयोजना सुदूरपश्चिम प्रदेशकै गौरवको आयेजना रहेको बताइन्छ । तीनवटै आयोजनाको जम्मा लगानी १० अर्ब रुपैयाँ रहेको छ ।

कति आम्दानी हुन्छ ?
महिनाको २५ लाख रुपैयाँ प्रतिमेगावाटका दरले वार्षिक एक मेगावाटको तीन करोड आम्दानी हुन्छ । यसरी तीन वोटै कम्पनीको ६५ मेगावाटको वार्षिक करिव २ अर्ब ९१ अर्ब ९० करोड० रुपैयाँ आम्दानी हुने छ ।


प्रतिक्रिया दिनुहोस्