मागभन्दा बढि आवेदन परेपछि सनराइज ब्लुचीप फण्डमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
८ चैत्र २०७७, आईतवार

मागभन्दा बढि आवेदन परेपछि सनराइज ब्लुचीप फण्डमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सनराइज ब्लुचीप फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । सनराइज क्यापिटलले चैत १ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सनराइज ब्लुचिप फण्डको इकाईका लागि आवेदन दिने आज (चैत ८ गते( अन्तिम दिन हो । मागभन्दा बढी आवेदन परेपछि क्यापिटलले आइतबार निष्काशन तथा बिक्री बन्द गर्न लागेको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशनमा ल्याइएको कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्