मिर्मिरे लघुवित्तको मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य « Arthapath.com
८ चैत्र २०७७, आईतवार

मिर्मिरे लघुवित्तको मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजना गरिएको छ । नेप्सेले लघुवित्तको ९.१९ बोनस शेयर समायोजन गरी नयाँ शेयरमूल्य तोकेको हो ।

गत बिहीबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ४९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने नेप्सेले शेयरमूल्य समायोजन गरी १ हजार ३७१ रुपैयाँ कायम गरेको हो । नेप्सेले लघुवित्तको अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यका आधारमा मूल्य समायोजन गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.१९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।


प्रतिक्रिया दिनुहोस्