यस्ता मूख्य एजेण्डा सहित किसान लघुवित्तको साधारण सभा चैत २९ गते « Arthapath.com
८ चैत्र २०७७, आईतवार

यस्ता मूख्य एजेण्डा सहित किसान लघुवित्तको साधारण सभा चैत २९ गते



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले बार्षिक साधारण सभा अह्वान गरेको छ । लघुवित्त संस्थाले चैत २९ गते दोस्रो वार्षिक साधारण सभा लम्कीचुहा, वलिया, कैलालीमा बिहान ११ बजेबाट शुरु हुने जनाएको छ ।

सभामा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने कार्यलाई निरन्तरता दिने र उपयुक्त संस्था खोजी मर्जर सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम जारी पूँजीको १ बराबर १ को दरले हकप्रद जारी गर्ने, हकप्रद जारी पश्चात कम्पनीको जारी पूँजी, अधिकृत पूँजी र चुक्ता पूँजीमा वृद्धि हुने भएकाले सोही बमोजिम प्रवन्धपत्रमा संशोधन गर्ने रहेको छ । त्यसैगरी सभामा लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।


प्रतिक्रिया दिनुहोस्