एनएमबि बैंकले ल्यायो अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सेवा « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

एनएमबि बैंकले ल्यायो अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सेवा



काठमाडौँ । एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्र अनुसार एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सेवा शुरु गरेको हो । उक्त सेवा अनुरुप अब एकै पटक वा पटक पटक गरी बार्षिक यूएस डलर ५०० सम्म वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड मार्फत अनलाइन कारोवार गर्न सकिने बैंकले जानकारी दिएको छ ।

अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित खाता खोली विदेशबाट पाइने सुविधाहरु जस्तै अनलाइन प्रवाह हुने सेवाहरु (भारतमा बाहेक) जस्तै नेटफ्लिक्स, सपिङ्ग, शिक्षा लगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसायलाई आफैले भुक्तान गरी तत्कालै प्रवद्र्धन गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको देशभरीका १८० शाखाहरुमा यो योजना सञ्चालनमा छ र जुनसुकै शाखाबाट यो सुविधा प्राप्त गर्न सकिन्छ । बैंकले शाखाहरु साथै देशभरीका १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्