नेपाल बैंकको ४ लाख ६८ हजार कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संसथापक सेयर आवेदन दिने आज अन्तिम दिन रहेको छ । नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तर्गतको ४ लाख ६८ हजार ८२८ कित्ता सेयरमा आवेदन दिने आज (चैत १७ गते) अन्तिम दिन रहेको छ ।
आजसम्म आवेदन दिन मिल्ने उक्त संस्थापक सेयरको न्यूनतम मुल्य १ हजार ५०२ ?पैयाँ ५० पैसा तोकिएको छ । उक्त सेयरमा न्युनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
संस्थापक शेयर खरीदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु मात्र सहभागि हुन सक्नेछन् । उक्त सेयर चैत्र ३ गतेदेखि चैत्र १७ गतेसम्ममा बिक्री गरिएको हो ।


















