भारतमा एकैदिन थप ७२ हजार भन्दा बढीमा कोरोना « Arthapath.com
१९ चैत्र २०७७, बिहीबार

भारतमा एकैदिन थप ७२ हजार भन्दा बढीमा कोरोना



काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका थप ७२ हजार ३ सय ३० संक्रमित फेला परेका छन् । यो संगै भारतामा कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप ४ सय ५९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

छिमेकि मुलुक भारतमा केही समययता कोरोना संक्रमण निरन्तर बढीरहेको छ । विशेषज्ञहरुले भारतमा मानिसहरुले कोरोना संक्रमण नियन्त्रणको भारतले कोरोना संक्रमण नियन्त्रणका लागि भनेर खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतमा हालसम्म ६ करोड ५१ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । भारत सरकारले बिहीबारदेखि ४५ वर्षभन्दा माथिका नागरिकलाई पनि कोरोना खोप लगाउन थालेको छ ।


प्रतिक्रिया दिनुहोस्