महिला सहयात्रा लघुवित्तको १० प्रतिशत लाभांश पारित « Arthapath.com
१९ चैत्र २०७७, बिहीबार

महिला सहयात्रा लघुवित्तको १० प्रतिशत लाभांश पारित



काठमाडौँ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारीत भएको छ । बुधबार अध्याय रिट्रिट रिसोर्ट बज्रवाराही मकवानपूरको सभाहलमा सम्पन्न भएको आठौं वार्षिक साधारण साभाले १० प्रतिशत लाभांश पारीत गरेको हो ।

नेपालभर कार्य क्षेत्र बनाई १३ करोेड ३१ लाख चुक्ता पूँजी बनाएको वित्तीय संस्थाले आव २०७६/७७ को नाफा र संचित मुनाफाबाट १० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनिको ८ औं साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिबेदन र सोहि अवधि सम्मको नाफा नोक्सान पारित गर्नुका साथै आव २०७७/७८का लागि लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्