मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिने, पच्चिसौं वार्षिक उत्सबमा नयां प्रविधिबाट संचालन गर्ने « Arthapath.com
१९ चैत्र २०७७, बिहीबार

मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिने, पच्चिसौं वार्षिक उत्सबमा नयां प्रविधिबाट संचालन गर्ने



काठमाडौं । मनकामना केबुलकार कम्पनी संचालन गरेको २३ औं बर्षमा प्रवेश गरेको छ । वि.स. २०५५ साल मंसीर ८ गते देखि सञ्चालनमा आएको केबुलकार २३ औं वर्षमा प्रवेश गरेको हो ।

सबैको सहयोग, सद्भाव र साथले गर्दा सफलता मिलेको र केवलकार सेवा संचालन गर्न सक्षम भएको कम्पनीले बताएको छ । हाल लामो समयसम्मको संचालनमा मर्मत, सम्भार खर्च बढ्न गएको, नयां प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्दै जाने कम्पनीले बताएको छ ।

  • प्रथम चरणः तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जाहरु फेरिने ।
  • दोस्रो चरणः नयां प्रविधि मैत्री बनाउन पुर्वाधार तयार तथा केही अन्य थप पार्टपुर्जाहरु फेर्ने ।
  • अन्तिम चरणः हाल Analogue System बाट Digital System मा स्तरोन्नति गर्ने, केवुल लठ्ठा (Main Cable) फेरबदल गर्ने, Communicate Cable  लाई Setra Cable मा रुपान्तरण गर्ने, DC Drive लाई AC Drive मा रुपान्तरणा गरी हाल बिद्यमान प्रविधियुक्त बनाउने ।

तीन चरणमा कार्य गर्न जम्मा करीब २ वर्षको अवधि अर्थात् पच्चिसौं वार्षिक उत्सबमा नयां प्रविधिबाट संचालन गर्ने दावी कम्पनीले गरेको छ । यी कार्य गर्न नियमित मर्मत, सम्भार अलावा उपरोक्त कार्यको लागि पटक पटक सेवा अवरूद्ध हुने छ । तर यसअवधि भर अवरुद्ध हुने समय अलावा केवलकार सेवा यथावत संचालन हुने जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्