शेयर बजार सम्बन्धी वर्कसप तथा तालिम कार्यक्रम सञ्चालन « Arthapath.com
१९ चैत्र २०७७, बिहीबार

शेयर बजार सम्बन्धी वर्कसप तथा तालिम कार्यक्रम सञ्चालन



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

चैत्र १७ गते मंगलबार शुरु भएको कार्यक्रम चैत्र १९ गते सम्म ३ दिन चलेको थियो । सो वर्कसप तथा तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जना विद्यार्थीहरु सहभागीता भएक थिए ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयरबजार सँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

उक्त वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र रिसर्च हेड अविरल नेपालले सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्