एक्सेल डेभलपमेन्ट बैंकको १२.६३ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट १२.६३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको चैत २६ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद गरी १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ९० करोड ८४ लाख रुपैयाँ पुग्ने छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।