संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्न काठमाडौं महानगरको निर्देशन « Arthapath.com
३ बैशाख २०७८, शुक्रबार

संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्न काठमाडौं महानगरको निर्देशन



काठमाडौं । कारोना संक्रमण देखिएको विद्यालय एक साता बन्द गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।


आज महानगरपालिकाले एक विज्ञप्ति जारी गदै कोभिड–१९ संक्रमणको जोखिम कम गर्न विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

उक्त विज्ञप्तिमा बालबालिकामा संक्रमणको जोखिम बढी हुने भएकाले नै विद्यालय बन्द गर्नुपर्ने परिस्थिती आएको विज्ञप्तिमा उल्लेख छ । बन्द गरिएका विद्यालयमा वैकल्पिक माध्यमबाट पढाइ हुने महानगरले जनाएको छ । विद्यालयका विद्यार्थी, शिक्षक वा कर्मचारीमा संक्रमण भएको पाइए अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द गर्न महानगरले सम्बन्धित विद्यालयलाई दिर्नेशन पनि दिइसकेको छ ।

विज्ञप्तिमा कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न महानगरले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तोकिएका मापदण्ड पूरा गरि अभिभावकसहितको सहमतिमा ती विद्यालय सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्