भरतमा एकै दिन २ लाख ६१ हजारमा कोरोना सङ्क्रमण पुष्टि, १५ सयको ज्यान गयो « Arthapath.com
५ बैशाख २०७८, आईतवार

भरतमा एकै दिन २ लाख ६१ हजारमा कोरोना सङ्क्रमण पुष्टि, १५ सयको ज्यान गयो



कठमाडौं । छिमेकि मुलुक भारतमा कोरोना संक्रमणबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् ।यो आजसम्मको सबैभन्दा बढी संक्रमित हो । यो संगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ४७ लाख ८८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा एक हजार ५०१ जनाको कोरोनाभाइरसका कारण ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुले सङ्ख्या एक लाख ७७ हजार १५० पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार ४२३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड २८ लाख नौ हजार ६४३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्