एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमा ‘Customer Care’ सेवा उपलब्ध « Arthapath.com
६ बैशाख २०७८, सोमबार

एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमा ‘Customer Care’ सेवा उपलब्ध



कठमाडौं । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एनआई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप -NIC ASIA MoBank_ सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्ग एपमा Customer Care कोसुरुवात गरेको छ ।आफ्ना लाखौं ग्राहकमहानुभावहरूको समस्या यथासिघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले NIC ASIA MoBank मार्फत यस नवीन कार्यको थालनी गरेको छ ।‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममायस Customer Care बाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ । बैंकको NIC ASIA MoBank एप भित्र रहेको यस Customer Care आइकन माट्याप गरेपश्चात ्निम्नलिखित सुविधाउ पलब्धल छन् ।

च्याटबट : मोबाइल बैंकिङ्गएपभित्र रहेको यस सुविधाभित्रग्राहकमहानुभावहरूले बैंकको अनलाईन सेवाहरू (ईन्टरनेट/मोबाइल/भाइबर Missed Call बैंकिङ्गतथात्तच्मर्चेन्ट भुक्तानी), विदेशीविनिमय दर, गुनासो, अलाइनएप्लिकेसन, बैंकिङ्ग समय, जस्ता विषयमाजानकारी पाउनको लागिसोझै च्याटमार्फत सजिलै प्राप्तगर्न सक्नेछन ।

बैंकको प्रतिनिधिसँगसिधासम्पर्क : यसमार्फत ग्राहकमहानुभावहरूले बैंकबाट उपलब्धहुने कार्ड, डिम्याट, मेरो शेयर, कर्जा, अनलाईन खाता, रेमिट्यान्स लगायतका सेवाकाबारेमाबैंककासम्बन्धितकर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वागुनासो गर्न तथा सेवाबारे थपजानकारी प्राप्तगर्न सक्ने व्यवस्था रहेको छ ।

गुनासो टिकट :ग्राहकमहानुभावहरूले आफ्नो जिज्ञासा तथागुनासोलाई टिकटमार्फतदर्ता गर्न सक्नुहुनेछ रआफ्नो जिज्ञासा तथागुनासो समाधानको अवस्थाको Real Time Tracking समेत सजिलै गर्न सक्नुहुनेछ ।

Video TutorialM : बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिका बारे तयार गरिएको जानकारी मुलक भिडियो सामग्रीहरू समेत ग्राहकमहानुभावहरूले हेरी डिजिटल सेवाहरू आफै उपभोग गर्न सक्नुहुनेछ ।

ईमेल सुविधा : ग्राहकमहानुभावहरूले यस Customer Care भित्र रहेको ईमेलआइकनमाक्लिकगरी बैंकलाई सिधै ईमेल पठाउन सक्ने व्यवस्था समेत रहेको छ ।

FAQs बैंकका सेवातथा सुविधाबारे धेरै सोधिने प्रश्नहरू तथातिनकाउत्तरहरू अध्ययन गरेर ग्राहकमहानुभावहरूले आफ्नो जिज्ञासा मेटाउन समेत सक्नुहुनेछ ।बैंक मुलुकभर रहेका ३५२ शाखाकार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्