बिशाल बजारको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो

काठमाडौं । बिशाल बजारको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेप्से खुलेको केहि सयमा नै सकारात्मक सर्किट लागेको हो । बिहीबार नेप्से खुलेको केहि सयमा नै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

नेप्सेले साढे ३ महिनापछि कारोबार फुकुवा गरेको हो । कारोबार फुकवा गरेको पहिलो दिनमा नै सकारात्क सर्किट लागेको हो । कम्पनीको बिहीबार प्रतिकित्ता २८८० रुपैयाँमा कारोबार खुलेको थियो भने बढेर बढेर ३१६८ रुपैयाँ पुगेको छ । जुन शुरुवाती मूल्यको तुलनामा २८८ रुपैयाँले बढी हो ।
यो समाचार तयार पार्दासम्म कम्पनीको ४३ हजार ५१८ कित्ता सेयर माग देखिएको छ भने बेच्ने कोही पनि छैनन् ।