मनीग्रामद्वारा नेपालमा सीमा पार रेमिट्यान्स सेवाहरु विस्तारका लागी इसेवा मनी ट्रान्स्फर संग साझेदारीको घोषणा « Arthapath.com
९ बैशाख २०७८, बिहीबार

मनीग्रामद्वारा नेपालमा सीमा पार रेमिट्यान्स सेवाहरु विस्तारका लागी इसेवा मनी ट्रान्स्फर संग साझेदारीको घोषणा



काठमाडौं । मनीग्राम इन्टरनेसनल, सीमा पार P2P रकम भुक्तानी र रकम स्थानान्तरणका लागी संसारकै अग्रणी मानिने कम्पनीले आज F1 सफ्ट ग्रुपको सहायक, इसेवा मनी ट्रान्स्फर, नेपालको छिटो उदयीमान “पहिले डिजिटल” रेमिट्यान्स कम्पनीसंग साझेदारीको घोषणा गरेको छ । यस साझेदारीमार्फत विश्वभरि रहेका मनीग्रामका ग्राहकहरुलाई सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा सुरु भइसकेको छ भने इसेवा वालेट पनि सुरुवातको तयारीमा छ ।

सबै प्रमुख बैंकहरु सहित ६५ भन्दा धेरै बैंकहरु जोडिएको, खाता निक्षेप सेवाले नेपालमा रहेका प्राय सबै बैंक खातामा रकम जम्मा गर्न सक्छ । नेपालमा रहेका ४२ लाख भन्दा धेरै दर्ता गरिएका इसेवा वालेट प्रयोगकर्ताहरुमाझ आगामी इसेवा वालेट सेवा नेपालको इन्बाउन्ड रेमिट्यान्सका लागी विशाल कोसेढुङ्गा हुनेछ । विश्व बैंकका अनुसार नेपाल रेमिट्यान्सका लागी संसारकै उच्च प्राप्तकर्ताहरु मध्ये एक हो र सन् २०१९ मा ८.२५ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स देश भित्रिएको थियो ।

भरत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफ भन्नुहुन्छ, “यस साझेदारीले गर्ने हाम्रो नेटवर्कको विस्तार र हामीले ग्राहक केन्दि«त क्षमताको कार्यक्रमहरु विस्तार गर्दा हुने थप डिजिटल वृद्धिका लागी हामी उत्साहित छौं”। “वित्तीय सेवाहरु डिजिटलकरणमा अग्रगामी इसेवासंग साझेदार भइ लाखौं गैर निवासी नेपालीहरुलाई सहज रुपमा रकम पठाउन र उनीहरुका लाभार्थीलाई सहज रुपमा रकम प्राप्त गर्ने सेवा उपलव्ध गराउन पाउँदा हामी गौरवान्वित भएका छौं”। संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोप भरका देशहरु र अन्य गरी धेरै नेपाली आप्रवासीहरु, यस मनीग्राम र इसेवाको साझेदारीबाट, संसारभरीबाटै सजिलै रकम स्थानान्तरण गर्न सक्नेछन् । रकम पठानउन साधारण रिसीभर विवरण भरे पुग्ने यस सेवाले पठाउने र पाउने दुबैलाई झन्झट मुक्त अनुभव सुनिश्चित गर्छ ।

इसेवाको मूल कम्पनी,F1 सफ्ट ग्रुपका अध्यक्ष, विस्वास ढकालले भने “मनीग्रामसंग नयाँ सहकार्यका लागी हामी अत्यन्त उत्साहित छौं । मनीग्रामसंगको साझेदारीले नेपालमा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण गर्न सबैभन्दा भरपर्दो र प्रतिस्पर्धी हाम्रो स्थितिलाई अझ सुदृढ पार्नेछ भने विश्वभर फैलिएका नेपाली आप्रवासीहरुमाझ व्यापक रुपमा पुग्नलाई पनि सक्षम पार्नेछ । मनीग्राम महत्वपूर्ण साझेदार हो, र यो साझेदारीले सीमा पार रेमिट्यान्स डिजिटलकरणका लागी हाम्रो प्रतिबद्धताको उदाहरण दिन्छ ।


प्रतिक्रिया दिनुहोस्