रिडी हाइड्रोपावरको खुद नाफा ३०.६८ प्रतिशतले गिरावट, विद्युत बिक्री आम्दानी १०१.०६ प्रतिशत बढ्यो « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

रिडी हाइड्रोपावरको खुद नाफा ३०.६८ प्रतिशतले गिरावट, विद्युत बिक्री आम्दानी १०१.०६ प्रतिशत बढ्यो



काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ३ करोड ९ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.६८ प्रतिशत कम हो ।

त्यस्तै, यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १०१.०६ प्रतिशत बढेर ८० लाख रुपैयाँ र सञ्चालन खर्च ३०९.०६ प्रतिशत बढेर २ करोड २३ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, चालु आवको यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९५ पैसाले घटेर ४ रुपैयाँ ८७ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.५७ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्