लक्ष्मी लघुवित्तको खुद नाफा ५९.४३ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी १८ रुपैयाँ

काठमाडौं । लक्ष्मी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा ५९.४३ प्रतिशत बढी खुद नाफा आर्जन गरेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत बढेर ३५ करोड ८० लाख रुपैयाँ, सञ्चालन मुनाफा ५९.९८ प्रतिशत बढेर २४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
लघुवित्तको चुक्तापूँजी १५ प्रतिशतले बढेर ३२ करोड रुपैयाँ, जगेडा कोष २०.६५ प्रतिशत बढेर ३२ करोड ९८ लाख रुपैयाँ, सापटी ४४.४२ प्रतिशत बढेर ३ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ, निक्षेप ३४.८२ प्रतिशत बढेर २ अर्ब ४ करोड ३२ लाख रुपैयाँ र कर्जा ३८.६६ प्रतिशत बढेर ६ अर्ब २७ करोड ३ लाख रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ रुपैयाँ ३० पैसा बढेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६५ रुपैयाँ ६९ पैसा पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधमा ४७ रुपैयाँ ३९ पैसा रहेको थियो । यस अवधिमा लघुवित्तको मूल्य आम्दानी अनुपात ३१.७५ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ५ पैसा रहेको छ ।