ग्लोबल आईएमई लघुवित्तको खुद नाफा १४९.९० प्रतिशतले छलाङ मार्यो « Arthapath.com
१३ बैशाख २०७८, सोमबार

ग्लोबल आईएमई लघुवित्तको खुद नाफा १४९.९० प्रतिशतले छलाङ मार्यो



काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १४९.९० प्रतिशतले बढि हो ।

तेस्रो त्रैमासमा संस्थाको खुद व्याज आम्दानी पनि ८४.८१ प्रतिशतले बढेर ३२ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ९३.८७ प्रतिशतले बढेर २५ करोड ७९ लाख रुपैयाँ छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३३ करोड ८ लाख रुपैयाँ र जगेडा कोषमा २७ करोड ८१ लाख रुपैयाँ रहेको छ । संस्थाको बार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ८५ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ४ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्