नेप्सेमो ओरालो यात्रा निरन्तर, सोमबार ६५.५८ अंकले घट्दा साढे ६ अर्बको कारोबार « Arthapath.com
१३ बैशाख २०७८, सोमबार

नेप्सेमो ओरालो यात्रा निरन्तर, सोमबार ६५.५८ अंकले घट्दा साढे ६ अर्बको कारोबार



काठमडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भारि अंकले गिरावट आएको छ । कोरोना संक्रमण दर दैनिक बढिरहेकाले लगानीकर्ता निराश बनेका छन् । सरकारले लकडाउन गर्ने भएपछि नेप्सेमा प्रभाव परेको हो ।

सोमबार नेप्से ६५.५८ अंकले घटेर २५०६.६१ अंकमा बन्द भएको छ । दिनभरि नेप्सेमा २२० कम्पनीको १ करोड २९ लाख ११ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५९ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार पनि भारि अंकले गिरावट आउँदा कुनैपनि समूहमा हरियो छाएको थिएन भने सोमबार पनि उस्तै अवस्था छ । नेप्सेमा सोमबार पनि कुनै समूह हरियो हुन सकेको छैन ।

सोमबार निर्जीवन बीमा समूह ३८४.५३ अंक र जीवन बीमा समूह ३५९.१८ अंकले सर्वाधिक घटेको छ । बैंक तथा वित्तीय संस्थाले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । यसको प्रभाव पनि नेप्सेमा परेका विश्लेषकहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्