३५.९३ प्रतिशतले घट्यो एभरेष्ट बैंकको नाफा, प्रतिशेयर आम्दानी १४ रुपैयाँले घट्यो, अन्य सुचक कस्तो ?

कठमाडौं । एभरेष्ट बैंकको नाफा घटेको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ५० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.९३ प्रतिशतले घटेको हो ।
बंैकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरगत आर्थिक वर्षको सोही अवधिको त’लनामा ख’द नाफा ३५.९३ प्रतिशतले घटेको हो । त्यसैगरी, खुद फि तथा कमिशन आम्दानी २८.०६ प्रतिशत र सञ्चालन मुनाफा ३५.९३ प्रतिशतले आरालो लागेको छ ।
खुद नाफा ३५.९३ प्रतिशतले घटेसंगै बैंकको प्रतिशेयर आम्दानीमा पनि समीक्षा अवधिमा ओरालो लागेको छ । बैंकको यस्तो आम्दानी १४ रुपैयाँ ३६ पैसा घटेर २२ रुपैयाँ ५० पैसामा आएको छ ।
बैंकको चुक्ता पूँजी ५ प्रतिशत बढेको छ भने जगेडा कोष १९.१९ प्रतिशत बढेको छ। त्यसैगरी बैंकको निक्षेप ८.४४ प्रतिशत र कर्जा ७.२८ प्रतिशतले उकालो लागेको छ ।चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।