व्यवसायीहरुले कर विवरण एवं कर रकम बुझाउने म्याद थप गर्न नाडाको अनुरोध « Arthapath.com
२० बैशाख २०७८, सोमबार

व्यवसायीहरुले कर विवरण एवं कर रकम बुझाउने म्याद थप गर्न नाडाको अनुरोध



कठमाडौं । व्यवसायीहरुले कर विवरण एवं कर रकम बुझाउने म्याद थप गर्न नाडाले अनुरोध गरेको छ ।

अहिले सरकारले नयाँ भेरिएण्टको कोरोना बढदो क्रममा रहेको सन्दर्भमा आम जनताको शुरक्षाको लागि राजधानीमा निषेधाज्ञा लागु गरेकोले व्यवसायीहरुले आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेको र स्वास्थ रक्षाको दृष्ट्रिकोणले पनि व्यवसायीहरु आफनो कार्यालयमा जान सक्ने अवस्था पनि नरहेकोले यही २०७८ साल बैशाख महिनाको २५ गतेसम्म बुझाउनु पर्ने म्याद सरकारले निषेधाज्ञा खोलेको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्था मिलाउनका लागि सरकारसंग अनुरोध गरेको छ ।

त्यसैगरी नेपालका सम्पुर्ण अटोमोवाइल व्यवसायीहरुले आफना अटोमोवाइल वर्कशपहरुमा रहेका अक्सिजन सिलिण्डरहरु अक्सिजन निर्माण उद्योगहरु मै बुझाइ दिनु भई यो महामारीमा सहयोग गरी गर्न नाडाले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्