अन्तर्राष्ट्रिय हवाई उडान जेठ १७ गतेसम्म बन्द « Arthapath.com
२९ बैशाख २०७८, बुधबार

अन्तर्राष्ट्रिय हवाई उडान जेठ १७ गतेसम्म बन्द



काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान माथिको १७ जेठसम्म बन्द हुने भएको छ ।

हिजो नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्लेले एक सूचना जारी नेपाल र भारतबीचको उडान बाहेक सबै उडान जेठ १७ गतेसम्म स्थगित भएको जानकारी दिएको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको यसअघि नै थियो । हिजो थप १७ दिन उडान स्थगित गर्ने निर्णय गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने छन ।


प्रतिक्रिया दिनुहोस्