नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, कति कित्तासम्म आवेदन दिन पाईन्छ ?
काठमाडौं । नेपाल बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा जारी गरेको ऋणपत्रमा आवेदन दिने आज अिन्तम दिन हो । बैंकले बैशाख २२ गतेदेखि ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ बिक्री खुला गरेको हो । बैंकको यो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र जारी गरेको हो । जसमा १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणका लागि र २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।
सर्वसाधारणलाई जारी गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र खरिदका लागि छिटोमा बैशाख २६ गते र ढिलोमा जेठ ५ गते आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


















