आइतबार सुन ९ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ? « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

आइतबार सुन ९ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । आइतबार सुन चाँदीको मुल्य बढेको छ । शुक्रबार स्थीर रहेको सुन आज साताको पहिलो दिन ९ सयले बढेर ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदी आज २० रुपैँयाले बढेर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ, तेजावी ९१ हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्