एचआइडीसीएलले ११ अर्बको हकप्रद जारी गर्न बुक क्लोज जेठ २८ गते गर्ने « Arthapath.com
१७ जेष्ठ २०७८, सोमबार

एचआइडीसीएलले ११ अर्बको हकप्रद जारी गर्न बुक क्लोज जेठ २८ गते गर्ने



काठमाडौं । एचआइडीसीएलले हकप्रद जारी गर्न जेठ २८ गत बुक क्लोज मिति तय गरेको छ । हकप्रद जारी गर्न एचआइडीसीएलले जेठ २८ गतेका लागि बुक क्लोजको मिति तोकेको छ ।

जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २८ गतेका लागि बुक क्लोजको मिति तय गरेको हो । जेठ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा सेयर खरिद गरेका र त्यसको पाँच दिनसम्म राफसाफ भएर कायम रहेका सेयरधनीहरुले हकप्रद सेयर भर्न पाउनेछन् ।

कम्पनीले चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीले ११ अर्बको चुक्ता पूँजी रहेको कम्पनीले असार ५ गतेदेखि हकप्रद सेयर जारी गर्नेछ ।

हकप्रद शेयर निष्काशन गर्न कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक रहेको छ । हाल ११ अर्ब रुपैयाँ पूँजी रहेको कम्पनीको हकप्रद शेयर बिक्रीपछि चुक्ता पूँजी २२ अर्ब रूपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्