पैसाको जोहो गर्नुहोस्ः अपि पावरको २९.३८ प्रतिशत हकप्रद शेयर बिक्री खुला हुन २ दिन मात्रै बाँकि « Arthapath.com
१८ जेष्ठ २०७८, मंगलवार

पैसाको जोहो गर्नुहोस्ः अपि पावरको २९.३८ प्रतिशत हकप्रद शेयर बिक्री खुला हुन २ दिन मात्रै बाँकि



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.२९३८ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो ।

कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गर्नेछ । अपि पावर कम्पनीले १ः०.२९३८ को अनुपातमा अर्थात २९.३८ प्रतिशत हकप्रद जारी गर्नेछ ।

कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार १५० रुपैयाँ रहेको छ । २९.३८ प्रतिशत हकप्रद बिक्रीपश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार १५० रुपैयाँ पुग्नेछ ।

हकप्रद बिक्री गर्नका लागि कम्पनीले बैशाख २९ गते शेयर बुकक्लोज गरिसकेको छ । बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत दिन पाउनेछन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिङ्गल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्