चिनले अनुदानमा दिएको ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो « Arthapath.com
१८ जेष्ठ २०७८, मंगलवार

चिनले अनुदानमा दिएको ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो



काठमाडौं । चीनले अनुदानमा नेपाललाई उपलब्ध गराएको १० लाख डोज खोपमध्ये ८ लाख डोज आज काठमाडौं आइपुगेको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी बिमानमार्फत बेइजिङबाट ८ लाख खोप काठमाडौं ल्याएको हो ।


त्यसैगरी आजै, चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले थप १ लाख डोज खोप काठमाडौं ल्याउने स्रोतले जनाएको छ ।
भने बाकि रहेको १ लाख खोप बुधबार कुन्मिङबाट हिमालयन एयरलाइन्सको जहाजले ल्याउने तालिका छ ।


प्रतिक्रिया दिनुहोस्