एकैदिन १५ सयले घट्यो सुनको भाउ, चाँदी ३५ रुपैयाँले गिरावट « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

एकैदिन १५ सयले घट्यो सुनको भाउ, चाँदी ३५ रुपैयाँले गिरावट



काठमाडौैं । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ १ हजार ५ सयले घटेको छ । अज सुन तोलामा १५ सयले घट्दै छापावाला सुन प्रतितोला ९३ हजार ४ सय र तेजावि सुन प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

त्यसैगरी आज चाँदी एकैदिन तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

हिजो बिहिबार छापावाला सुन प्रतितोला ९४ हजार ९०० र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो । हिजो चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार खरिद बिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्