नेप्सेले कारोबार रोक्का गरेपछि खानीखोला हाइड्रोले सार्वजनिक गर्यो वित्तीय विवरण, ९ करोड ९० लाख रूपैयाँ घाटामा « Arthapath.com
२३ जेष्ठ २०७८, आईतवार

नेप्सेले कारोबार रोक्का गरेपछि खानीखोला हाइड्रोले सार्वजनिक गर्यो वित्तीय विवरण, ९ करोड ९० लाख रूपैयाँ घाटामा



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै कारोबार रोक्का गरेपछि कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छ ।

नेप्सले सेयर कारोबार रोक्का गरेपछि कम्पनीले चालु आर्थिक वर्ष २०७७–०७८ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ करोड ९० लाख ५७ हजार रूपैयाँ घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० करोड १२ लाख २६ हजार रूपैयाँ घाटामा रहेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी ७ करोड २६ लाख ११ हजार रूपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३ करोड ५६ लाख १ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ रहोके छ । यस अवधिमा कम्पनीको जगेडा कोष ६६ करोड २० लाख ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २७ पैसा नोक्सानमा रहेको छ । कम्पनीको दिर्घकालिन ऋण ८६ करोड ४५ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

khani


प्रतिक्रिया दिनुहोस्