युनियन हाइड्रोपावरको १३औँ र १४औँ साधारण असार २५ गते, बुक क्लोज कहिले ? « Arthapath.com
२४ जेष्ठ २०७८, सोमबार

युनियन हाइड्रोपावरको १३औँ र १४औँ साधारण असार २५ गते, बुक क्लोज कहिले ?



काठमाडौं । युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले १३ औँ र १४ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले संयुक्त वार्षिक साधारण सभा असार २५ गते बोलाएको हो ।

कम्पनीको सभामा १४ औँ वार्षिक साधारण सभाबाट सञ्चालकहरूको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि असार १५ गतेदेखि असार २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्